मंगलबार , बैसाख २९, २०८३

अष्ट्रेलियाविरूद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज घरेलु टोली बंगलादेशले जितेको छ ।

ढाकामा शुक्रबार भएको तेस्रो खेलमा बंगलादेशले अष्ट्रेलियालाई १० रनले पराजित गर्दै २ खेल अगाबै सिरिज जितेको हो ।

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको सिरिजमा लगातार तीन खेल जित्दै सिरिज आफ्नो बनाएको हो । यसअघि बंगलादेशले पहिलो खेलमा अष्ट्रेलियालाई २३ रन तथा दोस्रो खेलमा ५ विकेटले हराएको थियो ।

अष्ट्रेलियाविरुद्धको सिरिजमा बंगलादेशको यो ऐतिहासिक सिरिज जित हो । बंगलादेशले पहिलो पटक अष्ट्रेलियाविरुद्धको सिरिज जितेको हो ।

यसअघि बंगलादेशले अष्ट्रेलियाविरुद्ध कुनैपनि फर्म्याटको सिरिज जितेको थिएन ।

शेर बंगला नेसनल स्टेडियममा बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन मात्र सीमित रह्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP