शनिबार , भाद्र १३, २०८३

नेकपा माओवादी केन्द्रले भूमिसम्बन्धी समाधान गर्न उच्चस्तरीय आयोग अविलम्बन गठन गर्न माग गरेको छ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले भूमिसम्बन्धी समाधानका लागि अविलम्ब उच्चस्तरीय आयोग  गठन सरकारसँग माग गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

शुक्रबार बसेको  बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको पनि श्रेष्ठले जानकारी दिए।

बैठकले लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) विमला ओलीलाई बन्धक बनाउने कार्यको निन्दा गरेको नेता  श्रेष्ठले जानकारी दिए।

बैठकका निर्णयहरु सार्वजनिक गर्दै नेता श्रेष्ठले सरकारले छिट्टै पूर्णता पाउने आशा पनि व्यक्त गरे।

नेता श्रेष्ठले आफ्नो पार्टीले कतिवटा र कुन मन्त्रालय पाउने भन्ने निर्णय भइनसकेको बताए। ‘मन्त्रालय कति र कुन कुन पाउने निर्णय भएको छैन। प्राप्त संख्या र मन्त्रालय निश्चित भएपछि पार्टीमा कुरा हुन्छ,’ श्रेष्ठले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP