सोमबार , असार २, २०८२

नेपाल चिकित्सक संघले १२ जना नेपाली महिला चिकित्सकहरुलाई सम्मान गरेको छ । संघको ‘वुमन इन मेडिसिन इन नेपाल’ नामक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ट योगदान गर्ने १२ जना महिला चिकित्सकहरुलाई सम्मानित गरेकी हुन् ।

राष्ट्रिय एवं अन्तराष्ट्रिय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका नेपाली महिला चिकित्सकहरुको सम्मानको परम्परा स्थापित गर्न कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।

संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह के.सी.को संयोजकत्वमा गठित ३ सदस्यीय छनौट समितिले सम्मानित चिकित्सकहरुको छनौट गरेको थियो ।

सम्मानित हुने चिकित्सकहरूमा प्रो.डा. दिब्याश्री मल्ल, प्रो.डा.रिता थापा, प्रो.डा.सरस्वती पाध्य, प्रो.डा.सुधा शर्मा, डा.कुशुम थापा, प्रो.डा.किरन रेग्मी, डा. आशा सिंह, प्रो.डा.संगिता भण्डारी, प्रो.डा.सानुमैया दली, प्रो.डा.अचला वैद्य, प्रो.डा.सुधा अग्रवाल, प्रो.डा.तारा मानन्धर र डा. राधा शाह रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP