मंगलबार , अषोज २७, २०८३

नेपाल चिकित्सक संघले १२ जना नेपाली महिला चिकित्सकहरुलाई सम्मान गरेको छ । संघको ‘वुमन इन मेडिसिन इन नेपाल’ नामक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ट योगदान गर्ने १२ जना महिला चिकित्सकहरुलाई सम्मानित गरेकी हुन् ।

राष्ट्रिय एवं अन्तराष्ट्रिय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका नेपाली महिला चिकित्सकहरुको सम्मानको परम्परा स्थापित गर्न कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।

संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह के.सी.को संयोजकत्वमा गठित ३ सदस्यीय छनौट समितिले सम्मानित चिकित्सकहरुको छनौट गरेको थियो ।

सम्मानित हुने चिकित्सकहरूमा प्रो.डा. दिब्याश्री मल्ल, प्रो.डा.रिता थापा, प्रो.डा.सरस्वती पाध्य, प्रो.डा.सुधा शर्मा, डा.कुशुम थापा, प्रो.डा.किरन रेग्मी, डा. आशा सिंह, प्रो.डा.संगिता भण्डारी, प्रो.डा.सानुमैया दली, प्रो.डा.अचला वैद्य, प्रो.डा.सुधा अग्रवाल, प्रो.डा.तारा मानन्धर र डा. राधा शाह रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP