मंगलबार , अषोज २७, २०८३

सरकारले कक्षा १२ को परीक्षा स्थगन गर्ने तयारी गरेकाे छ। काेराेना संक्रमण बढ्दै गएकाे अवस्थालाई ध्यानमा राखेर सरकारले परीक्षा स्थगन गर्न सिफारिस गरेको हो।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शुक्रबार यथास्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने जानकारी दिएका छन्।

उनले परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको जानकारी दिए।

‘कोभिड–१९ संक्रमण फैलिँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं,’ उनले सामाजिक सञ्चालमा लेखेका छन्,‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको जानकारी गराउँछु।’

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।   चार लाख परीक्षार्थीले चार हजार ३३५ परीक्षा केन्द्रबाट करीब ९० विषयको परीक्षा दिने तालिका थियो।

यस सम्बन्धमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डले बैठक बाेलाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP