सोमबार , असार २, २०८२

कोरोना भाइरस संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप २५ जनाको मृत्यु भएसँगै कूल मृतकको संख्या १० हजार १९ पुगेको हो।

यस्तै, थप ३ हजार ७२९ जना संक्रमित थपिएका छन्। ६ हजार १८२ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २९९ जना र ९ हजार ४९३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४३० जनामा संक्रमण देखिएको हो।

१ हजार ८८५ जना संक्रमण मुक्त हुँदा हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३४ हजार ९४२ पुगेको छ।

संक्रमितहरु मध्ये १५८ जनाको भेन्टिलेटरमा र ७३२ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP