सोमबार , अषोज २६, २०८३

नेपाली क्रिकेट टोलीले ओमानमा पपुवा न्युगिनी (पीएनजी) सँग ५० ओभरको खेल खेल्ने तयारी गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले पीएनजीसँगको खेलका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट अनुमति मागेको बताए । उनले अनुमति आउने बित्तिकै नेपालले खेल खेल्ने बताए ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग दुई खेल खेल्ने तयारी गरेकाे हाे ।

“खेलमा लागि हामीले तयारी गरेका छौँ । आईसीसीसँग अनुमतिका लागि अनुरोध गरेका छौँ । पीएनजी नेपालसँग खेल्न राजी भइसकेको छ । ओमानमा पीएनजीसँगको खेलका लागि छलफल भइरहेको छ । अनुमति आउने बित्तिकै खेल हुनेछ,” दाशले भने ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । उक्त सिरिज ओमानमा हुने तय भइसकेको छ ।

सिरिजका लागि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गरेको छ । क्यानले सिरिजका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । लिगमा नेपालले ४ खेलमा ४ अङ्क जोडेको छ ।

नेपाल छैटौँ स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP