आइतबार , बैसाख २८, २०८२

नेपाली क्रिकेट टोलीले ओमानमा पपुवा न्युगिनी (पीएनजी) सँग ५० ओभरको खेल खेल्ने तयारी गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले पीएनजीसँगको खेलका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट अनुमति मागेको बताए । उनले अनुमति आउने बित्तिकै नेपालले खेल खेल्ने बताए ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग दुई खेल खेल्ने तयारी गरेकाे हाे ।

“खेलमा लागि हामीले तयारी गरेका छौँ । आईसीसीसँग अनुमतिका लागि अनुरोध गरेका छौँ । पीएनजी नेपालसँग खेल्न राजी भइसकेको छ । ओमानमा पीएनजीसँगको खेलका लागि छलफल भइरहेको छ । अनुमति आउने बित्तिकै खेल हुनेछ,” दाशले भने ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । उक्त सिरिज ओमानमा हुने तय भइसकेको छ ।

सिरिजका लागि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गरेको छ । क्यानले सिरिजका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । लिगमा नेपालले ४ खेलमा ४ अङ्क जोडेको छ ।

नेपाल छैटौँ स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु