सोमबार , असार २, २०८२

सर्वोच्च अदालतको आदेशबाट नेकपा विभाजित भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्माण भएपनि भविष्यमा दुवै पार्टी एक बनाउने रणनीतिहरु बुनिएका छन् । त्यसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड योजनावद्ध तरिकाले लागेका छन् । उनी कुनै हालतमा एमाले कब्जा गर्न चाहन्छन् ।

संगठन र सामथ्र्यका हिसाबले एमाले बलियो शक्ति हो । माओवादी त्यस दृष्टिले निकै कमजोर छ । तर, एमालेका नेताहरुभन्दा प्रचण्ड रणनीतिक चार्तुयतामा अगाडि छन् । उनी यही रणनीतिक चार्तुयताले एमाले कब्जा गर्न चाहन्छन् ।

एमालेमा अझै पनि प्रचण्डको प्रभाव छ । उनीसँग सहकार्यमा रहेका माधवकुमार नेपाल एमालेभित्र दोस्रो ठूलो शक्ति हुन् । नेपाल केपी शर्मा ओलीलाई एमाले अध्यक्षबाट हटाउन योजनावद्ध तरिकाले लागेका छन् । उनको योजनामा प्रचण्डको भित्री साथ छ । बरु समय लगाएर भएपनि केन्द्रीय कमिटीमा पकड बढाउँदै लगेर ओलीलाई हटाउने नेपालको योजना छ । त्यसमा प्रचण्डले मद्दत गरिरहेका छन् ।

एमाले अध्यक्षबाट ओलीलाई हटाएर माधव नेपालसँग मिलेर प्रचण्डले शक्तिशाली पार्टी बनाएर जाने योजना समेत बनाएको बुझिएको छ । उनले एमालेका कतिपय प्रभावशाली नेताहरुसँग सम्पर्क कायमै राखेका छन् ।

विगतमा पनि प्रचण्डले एमाले कब्जा गर्ने उद्देश्यले एकता गरेको चर्चा चलेको थियो । तर, त्यसमा विफल भए । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरले प्रचण्डमाथि एमाले कब्जा गर्न खोजेको आरोप लगाएका थिए । प्रचण्डले त्यो प्रयास गरेको समयले खुलाउँदै लगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP