शनिबार , भाद्र १३, २०८३

सर्वोच्च अदालतको आदेशबाट नेकपा विभाजित भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्माण भएपनि भविष्यमा दुवै पार्टी एक बनाउने रणनीतिहरु बुनिएका छन् । त्यसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड योजनावद्ध तरिकाले लागेका छन् । उनी कुनै हालतमा एमाले कब्जा गर्न चाहन्छन् ।

संगठन र सामथ्र्यका हिसाबले एमाले बलियो शक्ति हो । माओवादी त्यस दृष्टिले निकै कमजोर छ । तर, एमालेका नेताहरुभन्दा प्रचण्ड रणनीतिक चार्तुयतामा अगाडि छन् । उनी यही रणनीतिक चार्तुयताले एमाले कब्जा गर्न चाहन्छन् ।

एमालेमा अझै पनि प्रचण्डको प्रभाव छ । उनीसँग सहकार्यमा रहेका माधवकुमार नेपाल एमालेभित्र दोस्रो ठूलो शक्ति हुन् । नेपाल केपी शर्मा ओलीलाई एमाले अध्यक्षबाट हटाउन योजनावद्ध तरिकाले लागेका छन् । उनको योजनामा प्रचण्डको भित्री साथ छ । बरु समय लगाएर भएपनि केन्द्रीय कमिटीमा पकड बढाउँदै लगेर ओलीलाई हटाउने नेपालको योजना छ । त्यसमा प्रचण्डले मद्दत गरिरहेका छन् ।

एमाले अध्यक्षबाट ओलीलाई हटाएर माधव नेपालसँग मिलेर प्रचण्डले शक्तिशाली पार्टी बनाएर जाने योजना समेत बनाएको बुझिएको छ । उनले एमालेका कतिपय प्रभावशाली नेताहरुसँग सम्पर्क कायमै राखेका छन् ।

विगतमा पनि प्रचण्डले एमाले कब्जा गर्ने उद्देश्यले एकता गरेको चर्चा चलेको थियो । तर, त्यसमा विफल भए । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरले प्रचण्डमाथि एमाले कब्जा गर्न खोजेको आरोप लगाएका थिए । प्रचण्डले त्यो प्रयास गरेको समयले खुलाउँदै लगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP