मंगलबार , अषोज २७, २०८३

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) को भातृ संगठन युवासंघले जडीबुटी मनोहरा क्षेत्रमा प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले सरकारविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

सरकारले गत मंगलबार मन्त्रिपरिषद् बैठकबाट एमाले नेतृत्वको सरकारले गठन गरेको देवीप्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।

जसको एमाले र उसका भातृसंगठन लगायतले विरोध गरिरहेको छन् । प्रदर्शनमा उत्रिएका भूमिहीन तथा सुकुम्वासीहरूले ‘भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन बदर गर, देउवा यु आर नट माइ प्राइमिनिस्टर’ आफ्नै देशमा बस्न नपाईने हो र सरकार लगायतका नारा सहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

युवा संघले एक लाख ८८ हजार भुमिहिन सुकुम्वासीहरूलाई लालपुर्जा दिने अन्तिम अवस्थामा आयोग खारेज गरेको जनाएको छ । प्रदर्शन पछि आयोजित आमसभालाई युवा संघका अध्यक्ष लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

राष्ट्रिय युवा संघले देउवा सरकारको जनघाति निर्णयविरुद्ध सशक्त दबाब सिर्जना गर्न प्रदर्शन गरिएको जनाएको छ ।
मनोहरा सुकुम्बासी बस्तीबाट सुरु भएको र्याली अरनिको राजमार्गमा पुगी सभामा परिणत भएको थियो ।
मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा ७ सय भन्दा बढी घरधुरी बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP