मंगलबार , अषोज २७, २०८३

कोरोना महामारी फैलन सक्ने भन्दै चौतर्फी विरोधका बाबजुद अहिले त्रिभुवन विश्व विद्यालयले विभिन्न तह र शंकायका परीक्षाहरु सन्चालन गरिरहेको छ।

मानविकीको स्नातकोत्तर, ब्याचलर्स इन कम्प्युटर अप्लायन्स–बीसीएका सेमेस्टर परीक्षाहरु भइरहेका छन्। त्रिभुवन विश्व विद्यालयको मानविकी शंकायकी डिन कुसुम शाक्य परीक्षाहरु सन्चालन गर्नुको विकल्प नभएको बताउँछिन्।

‘बैशाखमा सन्चालन हुनुपर्ने परीक्षाहरु बल्ल हुँदैछन्। सिसिएमसीले पनि भौतिक रुपमा उपस्थित गराएर परीक्षा सन्चालन गर्न खुला गरेकाले हामी अगाडि बढेका हौँ’, शाक्यले भनिन्।

उनले विद्यार्थीहरु आफै सचेत हुनुपर्ने बताइन्। ‘यस्तो बेलामा हरेक विद्यार्थीहरु आफै सचेत हुनुपर्छ’, उनको भनाइ छ।

एउटा कक्षामा र एउटा सिटमा कति परिक्षार्थी राख्ने भन्नेमा त्रिविको कुनै नीति देखिँदैन। ‘कति परीक्षार्थी राख्ने भन्ने कुरा कक्षा कोठाको साइज अनुसार भर पर्छ। त्यसैले यति नै परिक्षार्थी राख्ने भन्ने कुनै नीति छैन। तर परीक्षार्थीहरु आफै नजिक–नजिक बस्नुहुन्छ’, उनले भनिन्।

त्रिभुवन विश्व विधालयमा सेमेस्टरका परीक्षाहरु डिन कार्यालयले सन्चालन गर्ने गरेको छ। सेमेस्टर नभएका स्नातक तहका परीक्षाहरु भने परीक्षा नियन्त्रण कार्यालयले सन्चालन गर्दछन्। मानविकी शंकायकी डिन शाक्यका अनुसार काठमाडौँ उपत्यकामा मात्र स्नातकोत्तरको परीक्षामा ३ हजार चार सय ९० जना परीक्षार्थी सहभागी छन्।

यसअघि विभिन्न विद्यार्थी संगठनहरुले भौतिक रुपमा उपस्थित गराएर परीक्षा सन्चालन गर्ने त्रिविको निर्णयको विरोध गरेका थिए। कोरोना महामारीको तेस्रो लहर चाँडै सुरु हुन सक्ने विज्ञहरुको चेतावनीका बाबजुत परीक्षाहरु सन्चालन भइरहेका हुन्।

कक्षा १२ को परीक्षाबारे पनि अन्योलता कायमै छ। परीक्षा नजिकिरहेका बेला स्वास्थ्य मन्त्रालयले भौतिक रुपमा उपस्थित गराएर परीक्षा सन्चालन गरिनु जोखिमपूर्ण हुने बताइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP