शनिबार , भाद्र १३, २०८३

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले पार्टी महाधिवेशन प्रक्रिया रोक्न माग गरेका छन् ।

यसअघि एकताका लागि कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुसार २०७५ जेठ २ गतेको कमिटी बसेपछि मात्रै अरु प्रक्रिया अघि बढाउनुपर्ने नेपाल पक्षको माग छ ।

बिहीबार सुरु भएको नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले यस्तो माग गरेको हो । वरिष्ठ नेता नेपालले पनि आफूहरु एकताकै पक्षमा रहेको बताएका छन् ।

अध्यक्ष केपी ओली पक्षले यसअघिको बैठकबाट असोजको पहिलो साताभित्र स्थानीय तहका अधिवेशन सम्पन्न गरिसक्न निर्देशन दिएको थियो । जुन बैठकमा नेपाल समूह उपस्थित थिएन ।

नेपाल पक्षको बिहीबारको बैठकले भने ओली पक्षको निर्देशन रोक्नुपर्ने माग गरेको हो । वडा र नगर कमिटीको अधिवेशन रोकेर एकताका लागि पहल गर्न नेपाल पक्षको माग छ । नेपाल पक्षका नेताहरुले अधिवेशन प्रक्रिया रोक्न कार्यदलका ओली पक्षीय नेताहरुसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP