मंगलबार , अषोज २७, २०८३

कोरोना संक्रमण बढिरहेका वेला उपत्यकाभित्र मास्क नलगाई हिँड्ने क्रम अझै बढेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबार गरेको अनुगमनका क्रममा मास्क नलगाई हिँड्ने ६ सयभन्दा बढीलाई नियन्त्रणमा लिएको छ।

संक्रमण बढिरहेको वेला सहरबजार खुला राख्नुपर्ने बाध्यतात्मक अवस्था भएकोले यो समय स्वास्थ्य सुरक्षामा ध्यान दिन प्रशासनले अनुरोध गरेको छ। तर, उपत्यकावासीले पछिल्लो समय मास्क पनि नलगाई ओहोरदोहोर गर्न थालेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।

उनका अनुसार मास्क नलाउनेमाथि कारबाहीका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। मास्क नलगाई घरबाहिर निस्केकाहरूलाई प्रहरीले पाँच मिनेट सडकमै होल्ड गरी सम्झाइबुझाई गरी छाडेको छ। ‘अहिले बजारमा सबैखाले अनुगमन र निगरानी बढाएका छौँ, खाद्य तथा दैनिक उपभोग्य वस्तुको मुल्य स्थिर नै छ,’ उनले भने, ‘विनामास्क सडकमा निस्कनेको संख्या भने बढेको पाइयो, मास्क नलगाउनेमाथि कारबाही हुन्छ।’

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP