मंगलबार , अषोज २७, २०८३

चिरन बराल – बुटवल,

नेपालमा सुकुम्बासीलाई जग्गा दिने र अब्यबस्थितलाई व्यवस्थित गर्ने नाममा प्राय सबै दल र पार्टीले आ आफ्ना घाेषणापत्रकाे प्राथमिकतामा पर्छ र चुनावी अभियानमा नाईटाे चुडिने गरि कराउछन तर काम भने शून्य हुन्छ। अथवा भनाै जब जब कामले मुर्तरुप लिन थाल्छ तब तब सरकार परिवर्तन संग संगै लाखौं भुमिहिन नागरिककाे मुटुमा ठेस पुग्ने गरि अबत लालपुर्जा पाईने भयाे भनेर ढुक्क भएकाे अवस्थामा फेरि विश्वासघात हुन पुग्छ र याे पीडा सुकुम्बासीले भाेग्न थालेकाे धेरै भयाे।

अहिले पनि अाेली सरकारकाे पालामा सुकुम्बासी समस्या समाधानका लागि आयाेग बन्याे कामहरु हुन थाल्याे र लगभग आँकडा संकलन गरि कम्प्युटराईज अभिलेखिकरण गरि सकेकाे अवस्थामा सरकार फेरिने बितिक‌ै अघिल्लो सरकारले गरेकाे सहिकामलाई वा भई सक्न थालेकाे कामलाई राेक्ने काम जुन गरेकाे छ यस्ले याे सरकार प्रतिको जनताकाे विस्वास पलाउनु भन्दा गुम्ने खतरा वढि देखिएकाे छ भने लाखाै भुमिहिन नागरिकले सरकारकाे याे कदमलाई गलत र विश्वासघातकाे संज्ञा दिई सकेका छन। हाे , सरकार परिवर्तन संगै प्राय राजनीतिक नियुक्तिमा रहेका संस्थान, आयाेग आदिमा भएका व्यक्तिलाई फेरबदल गर्नु आफ्नाे अनुकूलतामा नयाँ व्यक्ति नियुक्ति गर्नु , मनासिपनै हाेला तर आायाेग नै खारेज गर्ने र त्याे आयाेगले गरेका राम्रा कामहरुलाई नै खारेज गर्नु भनेकाे बहुलठ्ठीपुर्ण , पुर्वाग्रही र जनतावाट गिर्ने निर्णय हाे। खर्च धेरै भयाे, राष्ट्रिय ढिकुटि हिनामिना भयाे कराेडाै खाए, भ्याए भन्छाै भने खाेजविन गर भ्रष्टाचारमा जाक, तर बनी सकेकाे आायाेग नै खारेज गर्ने कि आायाेगका पदाधिकारी खारेज गर्ने। जे जस्ताे भए पनि डाटा संकलन गर्ने काम सक्कि सकेकाे छ मालपाेत, नापीमा कार्य आरम भई सकेकाे छ, कतै गलत भएकाे रहेछ भने तेसलाई सच्याएर अगाडि बढ्दा नै राम्रो हुनेछ। हैन भने फेरि आायाेग बनाउ, पदाधिकारी नियुक्ति गर फेरि डाटा संकलन गर फेरि कराेडाै रुपैयाँ खर्च गर फेरि अर्काे एक मनुवालाई हालिमुहाली गर्ने छुट देउ र राष्ट्रकाे ढुकुटी सक्ने र रित्याउने काम गर ।

यदि याे सरकारले जनताकाे मन जित्ने गरि काम गर्ने हाे भने अघिल्लाे आायाेगले जति सम्म काम गरि सक्याे त्यसलाई अघिल्लो आयाेगले गरेकाे कामलाई निरन्तरता दिदै काम गर्ने गरि नयाँ आायाेग गठन गरि छिटोभन्दा छिटो याे काम गर्न सके जनताकाे नजरमा याे सरकार सहि र आागामी चुनाबका लागि पनि आधार तयार हुनेछ। अन्यथा अब हुने चुनाबमा फेरि सुकुम्बासीलाई जग्गा दिन्छम हाम्लाई भाेट दिनाेस भनेर जनताकाे घरमा पुग्दा भाेटकाे सट्टा चाेट पाईने हाे कि भन्ने कुरामा समयमै सचेदता अपनाउनु पर्ने देखिन्छ। आयाेगकाे खारेजीलाई ईर्द गिर्दका दईचार जना बाहेक धेरैलाई मन परेकाे छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP