शनिबार , भाद्र १३, २०८३

स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त हुने बरु मापदण्ड पालनामा आफूहरूसमेत सजग रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सरकारले परीक्षा सञ्चालन गर्न आफूहरूलाई निर्देश गरेको र त्यसको कार्यान्वयन गराइने जानकारी दिए । परीक्षा स्थगित नहुनेसमेत बोर्डले स्पष्ट गरेको छ ।

बोर्डले यस पटक कक्षा १२ को परीक्षामा एक बेन्च, एक विद्यार्थीको नीति लागू गराउनेछ । यसका साथै एउटा कक्षा कोठामा बढीमा २५ भन्दा बढी विद्यार्थी राखिनेछैन भने परीक्षा केन्द्रमा पनि एक दिनमा १५० भन्दा बढी विद्यार्थीलाई सहभागी नगराइने भएको छ ।

यसबाट परीक्षामा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन हुने अध्यक्ष पौडेल बताउन्छन्। सबैभन्दा धेरै विद्यार्थी हुने अनिवार्य विषयका दिन उपपरीक्षा केन्द्र राख्न पाउने सुविधा बोर्डले परीक्षा केन्द्रहरूलाई दिएको छ । परीक्षा केन्द्र नजिकैको विद्यालय, कलेजमा उपपरीक्षा केन्द्र सञ्चालन गर्न सकिनेछ ।

केन्द्रमा विद्यार्थीको भीडभाड न्यून होस् भनेर यस खालको प्रबन्ध मिलाइएको बोर्डले जनाएको छ । यसका साथै परीक्षा केन्द्रमा मास्क, सेनिटाइजर अनिवार्य गराइनेछ भने विद्यार्थी, शिक्षकलाई हात धुने प्रबन्धसमेत मिलाउनुपर्नेछ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP