सोमबार , अषोज २६, २०८३

सरकारले अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइनमा गएर मागिएको विवरण भरेर आवश्यक कामगजात अपलोड गर्नु पर्नेछ ।

आजबाट यो सेवा सुरु भएको विभागले जनाएको छ । https://vaccine.mohp.gov.np/public-request-form मा गएर मागिएको विवरण अपलोड गर्नुपर्ने छ ।

अनलाइन सेवा लिन नसक्नेहरुका लागि आजदेखि (बिहान १० बजेदेखि साँझ ४ बजेसम्म शनिबार समेत) राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा गएर सेवा लिन सकिने छ ।

आवश्यक कागजात ः

सक्कल राहदानी, सक्कल खोप कार्ड,  हालसालै खिचिएको पासपोर्ट साइज फोटो, राहदानीको छाया कपी, खोप कार्डको छाया कापी, कबुलियतनामा https://vaccine.mohp.gov.np/public-request-form यो अनलाइनबाट डाउनलोड गर्न सकिने छ भने फारम भर्ने स्थानमा पनि उपलब्ध हुनेछ ।

तीनदिनभित्र विदेश जानेहरुका लागि थप कागजातहरु भिसाको छाया कपी, टिकटको छाया कपी पेश गर्नुपर्ने छ ।

यसैबीच, कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र अबदेखि जिल्ला अस्पतालबाटै पाइने भएको छ । विदेश जाने व्यक्ति तथा विद्यार्थी सबैलाई काठमाडौंमै आएर खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको हो ।

बुधबार स्वास्थ्य सेवा विभागले ७७ वटै जिल्ला अस्पताललाई पत्र पठाएर त्यहीँबाट खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP