सोमबार , असार २, २०८२

कोरोना संक्रमणका हिसाबले नेपालमा विश्वको ३९ औँ स्थानमा रहेको छ ।

गत बैशाख यता नेपालमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेसँगै नेपालको स्थान संक्रमणको हिसाबले अगाडी आएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६७ हजार ९ सय २२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप पीसीआर ११ हजार ३५४, जसमा २ हजार ९ सय ७५ र
एन्टिजेन ४ हजारु ९४४ परीक्षण गर्दा १ हजार १ सय ३२ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार १ सय ७ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ पुगेको छ ।

हालसम्म नेपालमा ३९ हजार बढीको कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । निषेधाज्ञा खुकुलो भएसँगै मानिसहरुको आवतजावत बढेसँगै कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP