सोमबार , अषोज २६, २०८३

कोरोना संक्रमणका हिसाबले नेपालमा विश्वको ३९ औँ स्थानमा रहेको छ ।

गत बैशाख यता नेपालमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेसँगै नेपालको स्थान संक्रमणको हिसाबले अगाडी आएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६७ हजार ९ सय २२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप पीसीआर ११ हजार ३५४, जसमा २ हजार ९ सय ७५ र
एन्टिजेन ४ हजारु ९४४ परीक्षण गर्दा १ हजार १ सय ३२ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार १ सय ७ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ पुगेको छ ।

हालसम्म नेपालमा ३९ हजार बढीको कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । निषेधाज्ञा खुकुलो भएसँगै मानिसहरुको आवतजावत बढेसँगै कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP