शनिबार , बैसाख ६, २०८२

जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेकाको ८ लाख डोज खोप काठमाडौं आइपुग्ने भएको छ।

काठमाडौंस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गर्दै शनिबार र आइतबार गरी आठ लाख डोज खोप आउने जानकारी दिएको हो।

जापानबाट बिहीबार र शुक्रबार गरी दुइटा विमान काठमाडौंका लागि उड्नेछन्। ती खोप क्रमश: शनिबार र आइतबार काठमाडौं आइपुग्ने विज्ञप्तिमा उल्लेख छ।

जापान सरकारले नेपाललाई १६ लाख डोज अष्ट्राजेनेका खोप दिन लागेको हो। बाँकी आठ लाखपछि आइपुग्ने राजदूतावासले जनाएको छ।

राजदूत किकुता युताकाले अनुदानमा दिइएको खोपको सही उपयोग हुनेमा आशावादी भएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP