मंगलबार , बैसाख २९, २०८३

महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबीले) तुईनको डोरी फुकालिदिएपछि जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले दार्चुला पुगेर काम थालेको छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले बुधबार दिनभरि घटनाका प्रतक्षदर्शी, पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल लगायतसँग छलफल गरेको छ ।

मंगलबार बेलुकी दार्चुला पुगेको समितिमा संयोजक गौतमसँगै सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सदस्य रहेका छन् ।

समितिले घटनास्थलमा जानुभन्दा पहिले दार्चुला सदरमुकाम खलंगामा प्रत्यक्षदर्शीहरुलाई भेटेर बयान लिनुका साथै सरोकारवालाहरुका सुझाब समेत संकलन गरेको छ । छलफलमा सहभागि पत्रकार र मानवअधिकारकर्मीहरुले घटनालाई तोडमोड नगरेर सत्यतथ्य बाहिर ल्याउन, दोषीलाई कारवाही गर्न र पीडितलाई उचित क्षतिपूर्तिका लागि पहल गर्न अनुरोध गरेका छन् ।

समितिले घटनास्थल पुगेर फर्किएका सुरक्षाकर्मी र जिल्लास्थित अन्य सरकारी अधिकारीसँग छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घटनाको सम्बन्धमा वास्तविक सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका डिएसपी वीरसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित तीनजनाको टोली स्थलगत निरीक्षणका लागि खटिएको थियो ।

घटनास्थल पुगेका ती अधिकारीसँग गृहको छानबिन समितिले थप विवरण लिएको छ । सरोकारवालाहरुसँगको छलफलको क्रममा समिति संयोजक गौतमले सत्यतथ्यको नजिक पुगेर घटनाबारे वास्तविक प्रतिवेदन सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छानबिन टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ । तुइन तर्दै गर्दा एसएसबीका जवानले डोरी फुकालिदिएपछि धामी महाकालीमा खसेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् । तीन दिनदेखि प्रतक्षदर्शीहरुलाई समेत सम्पर्क विहिन बनाइएको छ ।

छानबिन समितिको प्रतिवेदनपछि सरकारले यसबारे थप निर्णय लिने गृहमन्त्री बालकृष्ण खाणले बताउनुभएको छ । जिल्लस्तरीय छानबिन टोलीले घटनाका प्रत्यक्षदर्शीहरू कल्याणसिंह धामी, अनिता धामी, विक्रम रंकोलीलाई खलङ्गा पु¥याइएको छ ।

प्रत्यक्षदर्शीलाई सुरक्षा दिई अन्यसँग भेटघाट गर्न दिइएको छैन । कल्याणले २१ वर्षदेखि त्यहीं तुइन सञ्चालन गर्दै आउनुभएको छ । अनिता र विक्रम महाकालीमा बेपत्ता भएका जयसिंहसँगै सदरमुकाम हुँदै काठमाडौँ जानका लागि गाउँबाट हिँडेका थिए ।

मङ्गलबार प्रतिनिधिसभा बैठकमा दार्चुलाबाट निर्वाचित सासंद गणेशसिंह ठगुन्नाले घटनाबारे सत्यतथ्य बाहिर ल्याउन संसदिय छानबिन समिति गठन गर्न र भारतसँग औपचारीक विरोध जनाउन माग गर्नुभयो ।

एसएसबीले तुईन फुकालेकोले घटनामा संलग्न एसएसबीलाई कडा कार्वाहीको माग र पिडित परिवारलाई उचित क्षर्तिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । सीमामा नागरिकले भोग्नुपरेको समस्या समाधान गर्न दार्चुला तिकंर सडक राष्ट्रिय महत्तकासाथ तीव्र गतिमा निर्माण गर्नुपर्ने सासंद ठगुन्नाको भनाइ छ ।

भारतीय प्रशासनले घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन प्रकरणमा एसएसबी विरुद्ध बोलेको भन्दै तीन जना भारतीय नागरिकलाई कार्वाहीको माग गरेको छ ।

साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी राप्लाको मालघाटबाट तुइन तर्ने क्रममा बेपत्ता हुनुमा एसएसबीको दोष रहेको भन्दै ती तीन जनाले दुष्प्रचार गरेको एसएसबीको आरोप छ ।

भारतीय सञ्चार माध्यम हिन्दुस्तान दैनिकका अनुसार पिथौरागढ जिल्लाको धारचुला तहसिल अन्तर्गत पाङला क्षेत्रको गस्कु जयकोटका तीन जना भारतीय नागरिकविरुद्ध एसएसबीले उत्तराखण्ड प्रहरीमा उजुरी दिएको हो । ती तिनै जना ट्याक्सी चालक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP