सोमबार , असार २, २०८२

नेपाली कामदारलाई बोकाएर पठाएको सुन संकलन गर्न भारतीय समूह लामो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर होटलमा बस्ने गरेको प्रहरीले दावी गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले एक केजी ८ सय ६६ ग्राम सुनसहित तीन जना भारतीयलाई सिनामंगलस्थित एक होटलबाट पक्राउ गरेको छ।

महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार उनीहरु केही समयदेखि बसेर नेपाली कामदारले ल्याएको सुन संकलन गरिरहेका थिए।

‘कुनै सुन सुटकेसमा हालेर ल्याइएको देखिएको छ भने कुनै सुन हेयर ड्रायरमा। गिरोहले नेपाली कामदारलाई प्रलोभनमा पारेर सुन पठाउने र काठमाडौंमा संकलन हुने गरेको सूचनाका आधारमा हामीले उनीहरुलाई पक्राउ गरेका हौँ’, एसपी कोइरालाले भने।

पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका २७ वर्षीय साकिर अली, २८ वर्षीय अब्दुल सतार र २४ वर्षीय प्यार मोहम्मद रहेका छन्। प्रहरीका अनुसार अन्तिमपटक उनीहरुले बुधबार कुवेतबाट आएका नेपाली कामदारले दिएको सुन संकलन गरेका थिए।

प्रहरीका अनुसार सुनमा जलप लगाएर अन्य सामग्रीजस्तो बनाएर ल्याइने गरिएको पाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP