सोमबार , अषोज २६, २०८३

मंगलबार सन्न्यासको घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले फरक भूमिकाबाट क्रिकेटमा जोडिने बताएका छन् । बुधबार पत्रकारसँगको भेटघाट कार्यक्रममा क्रिकेटको प्यासन सकियो र चुनौती सामना गर्न क्रिकेटसँग सम्बन्धित भूमिकामा नै फर्किने बताएका हुन् ।

राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । उनको घोषणाले सरोकारवालाहरू आश्चर्यमा परेको भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहँदा पूर्वकप्तान पारस खड्काले भने धेरै सोचविचार गरेर सन्न्यासको निधो गरेको बताए । अबको बाटो कुन भन्ने प्रश्नमा खड्काले क्रिकेट व्यवस्थापनमा आउन चाहेको प्रतिक्रिया दिए ।

पारस खड्काले नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा पुर्‍याएको योगदान सबैले मुक्तकण्ठले प्रशंसा गरिरहँदा अब क्रिकेट अगाडि बढ्न सक्छ सक्दैन भन्ने प्रश्न धेरैमा उब्जिएको छ । जुन जिज्ञासा बुधबारको भेटघाट कार्यक्रममा खड्का आफैँले उत्तर दिए । नयाँ पुस्ता अहिले राष्ट्रिय टोलीमा आएको र उनीहरूको सम्भावना धेरै भएको भन्दै खड्काले व्यक्तिभन्दा पनि टिमको प्रदर्शनले अर्थ राख्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP