मंगलबार , बैसाख २९, २०८३

अष्ट्रेलियासँगको पहिलो टी-ट्वान्टी क्रिकेटमा बंगलादेश विजयी भएको छ । मंगलबार राती भएको खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले हराएको हो ।

ढाकामा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो । उसका लागि शकिब अल हसनले सर्वाधिक ३६ रन बनाए । १३२ रनको झिनो लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको अष्ट्रेलिया पूरा २० ओभरमा सबै विकेट गुमाएर १०८ रनमै अलआउट भयो ।

अष्ट्रेलियालाई हराउन नसुम अहमदले ४ विकेट लिए । अष्ट्रेलियाका मिचेल मार्शले सर्वाधिक ४५ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । बंगलादेश टुरमा रहेको अष्ट्रलियाले पाँच टी-ट्वान्टी क्रिकेट खेल्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP