मंगलबार , बैसाख २९, २०८३

सरकारले पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ । नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने सचिवलाई सरकारले लामो समयदेखि कामविहीन अवस्थामा राखेको हो ।

सरकारले बढुवा भएका सचिवहरूलाई समयमा नै पदस्थापन गर्न नसक्दा चार जना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेर हाजिर गरिरहेका छन् । मंगलबार पुनः एक जना सचिवमा बढुवा भएपछि अतिरिक्त समूहमा रहने सचिवको संख्या पाँच पुगेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिवमा कृष्णहरि पुष्कर, खगेन्द्र नेपाल, रामप्रसाद घिमिरे र किरणराज शर्मा रहेका छन् । मंगलबार सचिवमा बढुवा भएका हरि मैनालीलाई पनि हाललाई अतिरिक्त समूहमा नै राखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले आठ जना सचिव छन् । जबकि, सो कार्यालयको सचिवको दरबन्दी संख्या नै चार मात्र हो ।

सरकारले आफूनिकट बाहेकका अन्यलाई तान्नुपर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अतिरिक्त समूहमा राख्ने परम्परा रहँदै आएको छ । त्यहाँ रहेका प्रायः सचिवले आफूलाई अपहेलित महसुस गर्छन् ।

अहिले कृषि तथा पशुपक्षी विकास मन्त्रालय, रक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयलगायतका निकायमा सचिव छैनन् ।

अहिले प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्, संवैधानिक निकाय तथा प्रशासन, सामाजिक विकास तथा प्रादेशिक समन्वय, राष्ट्रिय सुरक्षा, सुशासन तथा नतिजा व्यवस्थापन, आर्थिक तथा पूर्वाधार विकास र कानुन तथा मानव अधिकारमा एक(एक जना गरेर पाँच सचिवको दरबन्दी छ । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP