सोमबार , असार २, २०८२

राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् ।

क्रिकेटर खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मीठो यादका रुपमा आफूसँग रहने भन्दै नेपाली क्रिकेटलाई सबै मिलेर नयाँ उँचाइमा पुर्‍याउने विश्वास समेत व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुङ्गिए पनि नेपाली क्रिकेटको लागि आफ्नो सपना अझै पनि बामे सर्दै गरेको उनको भनाइ छ ।

सन् २००२ देखि क्रिकेट यात्राको सुरुआत गरेका थिए । यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनी सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरे ।

खड्काले राष्ट्रिय टिमको क्याप्टेनबाट १५ अक्टोबर २०१९ मा राजीनामा दिएका थिए । उनकै कप्तानीमा नेपाली क्रिकेटको उल्लेख्य प्रगति भएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP