शुक्रबार , भाद्र १२, २०८३

जाजरकोटका एक वडाध्यक्षले स्थानीय एक युवालाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

जुनीचाँदे गाउँपालिका– २ का वडा अध्यक्ष रामबहादुर नेपालीले एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको हो ।

वडाध्यक्ष नेपालीले स्थानीय युवक प्रेम दमाई माथि कुटपिट गरेको भिडियो देखिएको छ ।

सोमबार वडाध्यक्ष नेपालीसँग दमाईले आफ्नो छोराले पाउने बाल पोषणको रकम माग गरेपछि विवाद हुँदा नेपालीले दमाईमाथि कुटपिट गरेका हुन् ।

युवकलाई नाङ्गो बनाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा राख्दै वडाध्यक्षमाथि कारबाहीको माग गरिएको छ ।

जुनीचाँदे गाउँपालिका उपाध्यक्ष शिवा आचार्यले कानुनी राज्यको खिल्ली उडाउँदै कानुनलाई हातमा लिएर गरिब नागरिकका छोराछोरीमाथि कुटपिट गरी हात खुट्टा बाँधेर शक्ति देखाउने जनप्रतिनिधिमाथि कारबाही हुनुपर्ने बताइन् ।

वडाअध्यक्ष नेपालीले भने जाँडरक्सी खाएर जथाभावी अपशब्द बोल्दै ढुंगामुढा गरेकाले आफूले नियन्त्रणमा लिएको बताए ।

‘सामाजिक भत्ता वितरण भइरहेको थियो, एक्कासी ढुंगामुढा हान्दै गालिगलौज गर्दै भत्ता वितरण कार्यक्रममा असर गरेकाले नियन्त्रणमा लिएको हुँ,’ उनले भने, ‘मेरो आफ्नै भतिज नाता पर्ने हो, अरुले नियन्त्रणमा लिन सकेनन् । सार्वजनिक ठाँउमा सदभाव खल्बल्याएकाले प्रहरीलाई खबर गरेर म आफैंले नियन्त्रणमा लिएको हुँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP