शुक्रबार , भाद्र १२, २०८३

सुदूरपश्चिम प्रदेशमा नक्कली परीक्षार्थीमार्फत प्रहरी जवानको लिखित परीक्षा पास गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ताका क्रममा लिखित परीक्षा नक्कली परीक्षार्थीमार्फत दिएको खुलेपछि विभिन्न जिल्लाका पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बझाङको तलकोट गाउँपालिका–३ का सुदीपकुमार रोकाया, दुर्गाथली गाउँपालिका–५ का दीपेन्द्र जप्रेल, कैलालीको धनगढी उपमहानगरपालिका–१६ का सुन्दर चौधरी, कैलारी गाउँपालिका–७ का रामनरेश चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का नरेन्द्र धामी पक्राउ परेको प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले जानकारी दिए ।

उनीहरु पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय डोटीले पक्राउ गरेर अनुसन्धान गरिरहेको एसएसपी सिंहले बताए । ‘लिखित परीक्षामा पास भएका उनीहरुको अन्तर्वार्ता लिने क्रममा प्रस्तुति शंकास्पद देखियो,’ एसएसपी सिंहले  भने, ‘मौखिक परीक्षामा एउटा प्रश्नको समेत जवाफ दिन नसकेपछि हामीले सोधपुछ गर्दा उनीहरुले रकम दिएर अरु नै व्यक्तिबाट परीक्षा दिन लगाएको पाइएपछि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय डोटीलाई भनेका थियौं । अहिले उनीहरुमाथि अनुसन्धान जारी छ ।’

उनीहरु साउन १० देखि १६ गतेसम्म फरक–फरक मितिमा पक्राउ परेका हुन् । उनीहरुको परीक्षा दिने व्यक्तिलाई समेत पक्राउ गरेर कानून बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । अहिले जिल्ला प्रहरी कार्यालयले कित्र्तेमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ भने लोकसेवा आयोगले समेत उनीहरुलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP