मंगलबार , अषोज २७, २०८३

गैर आवासीय नेपाली संघकाे चुनाब सम्पन्न भएकाे छ। चुनाबमा उठ्नु, प्रतिस्पर्धामा जाने कुरा प्रजातान्त्रिक नै हाे, जनताले सहि र राम्रो छानेर नै मत हाल्छन र जिताउछन तर यसकाे मतलब हार्ने वा उप विजेताहरु खराब र नराम्रा हुन्छन भन्ने कदापि हैन। तर कतिपय अबस्थामा प्यानलकाे मर्यादा, बैचारिक आस्था र राम्रो भन्दा हाम्रो भन्ने मानसिकताले सहि व्यक्ति , समाज प्रती आस्थावान र केही गर्छु भनेर लागेका व्यक्तिहरुले पराजय भाेग्नु पर्ने अवस्था समेत आउने गर्दछ। र तिनिहरु झिनाे मतका कारण केही गर्छु भन्ने अवसरबाट बन्चित हुन पुग्दछन र त्यस्तो हुनु भनेकाे समाजकाे लागि र community कै लागि दुरभाग्य हाे। अर्काे कुरा प्यानलगत वा दलिय भावनाले दुई गुट हुनु भनेकाे बाहिर जतिनै साैहार्दता जतिनै निकटता जस्ताे देखिए पनि र जित हार पछि दुवै प्यानल एक ढिक्का भएर जाने प्रतिबद्धता जनाए पनि भावनात्मक रुपमा आत्मियभावले एक ढिक्का हुनै सक्दैनन् र त्याे मानविय गुण पनि हाे र अझ नेपाल र नेपालीकाे सन्दर्भमा त याे तिताे यथार्थ नै हाे भन्दा अतिसयुक्त नहाेला।

कतिपय अबस्थामा त हिजाे संगै हिडेका संगै हाँसखेल गरेका साथीहरू विच बाेलचाल बन्द मात्र हैन हरेक काम कार्बाहिमा भाँजाे हालीदिने, सफल हुन न दिने र दुई वर्ष सम्म असफल पार्न सकियाे भने आगामी चुनाबमा आफ्नाे बर्चस्व कायम गर्न सकिने ध्येयले पनि दुबै प्यानल बिच एकमत बन्न सक्छ भन्ने कुरामा शंका उठनु स्वभाविक देखिन्छ।

तर देश छाडेर प्रवासमा आई बसाेबास गर्ने हामी प्रवासी नेपालीले यी र यस्ता नकारात्मक साेंचलाई मनै देखि हटाएर खराब तरिकाले कसैकाे जित र कसैकाे हारलाई ईखपुर्ण व्यवहार नगरि दुबै पक्षले समझदारीका साथ अगाडि बढ्नु पर्दछ। गलत नियतले गरिएकाे कामकाे परिणाम पनि गलत नै निस्कन्छ।

बिजेतालाई उप बिजेताले गर्ने सकरात्मक सहयाेग र सहि मार्ग निर्देशनले नै भाेलीकाे जिम्मेवारी प्राप्त गर्ने सुनाैला ढाेका खुल्न सक्छ। त्यसैले अहिले सम्म देखिएका दुई पक्ष बिचकाे मनाेवैज्ञानिक भावहरुलाई परिवर्तन गर्दै नर्दन टेरिटाेरी ( डार्बिन) उदाहरणीय बन्न सकाेस।सबैलाई शुभभावना।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP