शुक्रबार , भाद्र १२, २०८३

नेपालीहरुको आकर्षक गन्तव्य मानिएको अमेरिकामा नेपाली चारजनाको शव एकै घरमा गोली लागेको अवस्थामा भेटिएको छ । मानेसास पार्कको एक अपार्टमेन्टमा प्रहरीले वेलफेयर चेकका क्रममा चार जनाको शव फेला पारेको थियो । मृतकहरुमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अन्जु श्रेष्ठ, उनकी ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेको बताइएको छ ।

जुन ५, २०२५ को राति करिब १०:४० बजे प्रहरी घटनास्थलमा पुग्दा त्यहाँ चार शव भेटिएको र प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल बरामद गरेको थियो । यो घटनालाई प्रारम्भिक रूपमा पारिवारिक हत्या/आत्महत्याको मामलाको रूपमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

मानेसास पार्क प्रहरीका अनुसार घरधनीले भाडामा बस्ने परिवारसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले अपार्टमेन्टमा प्रवेश गर्दा चारै जनालाई गोली लागेको अवस्थामा मृत फेला पारेको थियो। शवहरूलाई पोष्टमार्टम र थप अनुसन्धानका लागि मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ।

छिमेकीहरुले स्थानीय समाचार संस्थाहरुलाई बताए अनुसार उनीहरु ६ महिना अघि मात्रै नेपालबाट अमेरिका आई त्यहाँ बसोबास गर्दै आएका थिए । ८ वर्षीय बालिकाले मनासस पार्क सिटी स्कुलमा पढाई सुरु गरेकी थिइन् । विद्यालयले एक शोक वक्तव्य जारी गर्दै पीडित विद्यार्थीका साथीभाई र शिक्षक शिक्षिकाहरुलाई मानसिक सहायता उपलब्ध गराउने तयारी गरेको जनाएको छ । यही क्षेत्रमा केही समय अघि नेपाली नर्सममता काफ्ले गायब भएकी थिइन् । पछि उनको शव टुक्रा पारेर उनकै पतिले गायब बनाएको अभियोगमा मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP