मंगलबार , अषोज २७, २०८३

मेलम्चीमा फेरि लेदोसहितको बाढी आएपछि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको टोलीले जलाधार क्षेत्रको अवलोकन गरेको छ । अवलकोनपछि गाउँपालिकाले माथिल्लो भागमा यसअघि असार १मा बाढी आउँदा नदीमा थुपि्रएर बसेको माटो बगेर आउन थालेको अनुमान गरेको छ ।

अध्यक्ष शेर्पाका अनुसार भीमाथाङमामा थुप्रिएको माटो कटान गर्दै नदी बगिरहेको छ। ‘ठूलो पानी नपर्दा सेमत यस्तो बाढी आउँदैछ भने अझ ठूलो पानी पर्‍यो भने माटो कटान थप बढेर जोखिम उच्च हुनसक्छ,’ उनले भने ।

यसअघि पुरिएका माटो पनि कटान गर्दै नदी बगेको देखिएको उनले बताए । सो माटो लेदोको रुपमा बाढीमा आएको हुनसक्ने अनुमान छ । सो क्षेत्रमा विभिन्न भागमा गएको पहिरोले पहाडी क्षेत्र छिया-छिया भएको देखिएको छ ।

मेलम्चीमा लेदोसहितको बाढी बढ्दा तटीय क्षेत्रका त्रास छ । विहानसम्म थप १२ घर र रातो पुलसमेत बगाएको छ । तटीय क्षेत्रका बजारहरु जोखिममा छन् ।

अध्यक्ष शेर्पाले हेलम्बु सडक सम्पर्कबाट बिच्छेद भएको बताए । उनले विहान भएको सडक मार्ग सहज गर्न आग्रह गर्दै गृहमन्त्री बालकृष्ण खाँडसँग पनि भेटघाट गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP