मंगलबार , अषोज २७, २०८३

सर्वोच्च अदालतले न्यायपालिकामा हुनसक्ने विकृति विसंगति, अनियमितता वा भ्रष्टाचार एवम विचौलियाबाट हुनसक्ने क्रियाकलाप रोकथामका लागि सुझाव दिन गठित अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन अघि बढाएको छ। अदालतले स्वचालित पेसी सूची प्रणालीको कार्यान्वयनका लागि आवश्यक कानुन संशोधनको प्रक्रिया समेत अघि बढाएको छ।

अदालतले न्याय परिषदले कार्यान्वयन गर्नुपर्ने सबै सुझाव कार्यान्वयनका लागि आइतबार परिषदलाई पत्राचार समेत गरेको छ।

यस्तै, स्वचालित पेसी प्रणाली कार्यान्वयनका लागि तोकिएको २०७८ मंसिर महिनादेखि जिल्ला र उच्च अदालतमा गोला प्रथाद्वारा दैनिक पेसी सूची तयार पार्न पनि परिपत्र गरेको छ। स्वचालित पेसी सूची लागू गर्न आवश्यक सफ्टवेयरको निर्माण र कानुन संशोधन नहुँदासम्म गोला प्रथााबाट पेसी सूची सार्वजनिक हुनेछ।

गोला प्रथासम्बन्धी व्यवस्था पनि मंसिरदेखि मात्र लागू हुनेछ।

समितिले पेसी सूचीलाई अटोमेसनमा लैजाने समयसीमा २०७८ मंसिरलाई तोकेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP