मंगलबार , अषोज २७, २०८३

वीर अस्पतालमा आन्दोलनरत स्वास्थ्यकर्मी र प्रहरीबीच झडप हुँदा चार प्रदर्शनकारी घाइते भएका छन् ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमविरुद्ध वीरका स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका हुन् । आइतबार उनीहरुको प्रदर्शन दबाउन प्रहरीले लाठीचार्ज गरेको थियो ।

आन्दोलनका संयोजक दीपक मुडबरीका अनुसार उनीहरुले प्रदर्शनलाई निरन्तरता दिनेछन् । प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएको लामो समयसम्म पनि कुनै ठोस काम गर्न नसकेको भन्दै स्वास्थ्यकर्मीहरु डा गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।

प्रहरीको दबाबका बावजुद स्वास्थ्यकर्मीहरुले फेरि प्रदर्शन गर्ने बताएका छन् । वीर अस्पतालमा प्रदर्शन भइरहँदा डा गौतम भने अस्पतालबाट बाहिरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP