मंगलबार , अषोज २७, २०८३

दार्चुलामा तुइनबाट तर्ने क्रममा महाकालीमा खसेर शुक्रबार एक पुरुष बेपत्ता भएपछि भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नताबारे छानबिन भइरहेको छ।

व्याँस गाउँपालिका-२ मालका ३३ वर्षीय जयसिंह धामी एसएसबीले तुइन काटेपछि महाकालीमा खसेको स्थानीय र प्रत्यक्षदर्शीले बताएका छन्।

उनको खोजी कार्य भइरहेको छ। तीन दिनसम्म पनि उनी फेला नपरेको प्रहरीको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय दार्चुला र गृह मन्त्रालयले भने भारतीय सुरक्षाकर्मीको यस घटनामा संलग्नता रहेकोबारे पुष्टि नभएको बताइरहेका छन्।

शनिबार भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई दिएको जवाफमा यस घटनामा एसएसबीको संलग्नता नरहेको बताएका छन्।

स्थानीय बहादुरसिंह धामीले घटना एसएसबीले तुइन काटेपछि भएको भन्दै छानबिन गर्न माग गरेर भारतीय प्रहरी चौकी पाङलामा निवेदन समेत दिएका थिए।

घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक वीरसिंह धामीको नेतृत्वको टोली खटिएको छ। टोलीमा नेपाल प्रहरी र अनुसन्धान समूह पनि सहभागी छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP