आइतबार , असार १, २०८२

पछिल्लो २४ घण्टामा देशभर दुई हजार पाँच सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार चार सय दुई जनाको पीसीआर र चार हजार दुई सय ३४ जनाको एन्टिजेन गरी १२ हजार ६ सय ३६ जनाको नमुना परीक्षण गर्दा दुई हजार पाँच सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको २० प्रतिशतभन्दा धेरै हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ५९ हजार तीन सय सात जना पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा दुई हजार २० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५६ हजार एक सय ९७ जना पुगेको छ ।

यही अवधिमा कोरोना सङ्क्रमणका कारण थप १८ जनाको ज्यान गएको पुष्टि भएको छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय ७५ जना पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा ३१ हजार दुई सय ९८ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP