शुक्रबार , भाद्र १२, २०८३

पछिल्लो २४ घण्टामा देशभर दुई हजार पाँच सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार चार सय दुई जनाको पीसीआर र चार हजार दुई सय ३४ जनाको एन्टिजेन गरी १२ हजार ६ सय ३६ जनाको नमुना परीक्षण गर्दा दुई हजार पाँच सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको २० प्रतिशतभन्दा धेरै हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ५९ हजार तीन सय सात जना पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा दुई हजार २० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५६ हजार एक सय ९७ जना पुगेको छ ।

यही अवधिमा कोरोना सङ्क्रमणका कारण थप १८ जनाको ज्यान गएको पुष्टि भएको छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय ७५ जना पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा ३१ हजार दुई सय ९८ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP