मंगलबार , अषोज २७, २०८३

तीन तहकै सरकारले बेवास्ता गरेको भन्दै सिन्धुपाल्चाेककाे हेलम्बुका बाढी प्रभावितले सङ्घर्ष समिति गठन गरेका छन्।

शनिबार ३५ सदस्यीय हेलम्बु–मेलम्ची खोला बाढी पीडित संघर्ष समिति गठन गरेका हुन्। भरत थापा अध्यक्ष रहेको समितिमा मिङमार शेर्पा उपाध्यक्ष, अर्जुन भण्डारी सचिव रहेका छन्।

बाढी गएको ४५ दिन भइसक्दा पनि तीनै तहको सरकारले समस्या सुनुवाइ नगरेपछि संघर्ष समिति गठन गरेको अध्यक्ष थापाले बताए। बाढी प्रभावितलाई उद्धार तथा पुनर्स्थापित गर्दै क्षति भएका संरचनालाई उठाउन सहयोग पुर्‍याउन सर्वदलीय, सर्वपक्षीय समिति गठन गरिएको थापाको भनाइ छ।

असार १ गतेको बाढीमा हेलम्बुका ९० घर पूर्ण क्षति भएका छन् भने सयौँ परिवार विस्थापित र साथै करोडौंको क्षति भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP