मंगलबार , अषोज २७, २०८३

काठमाडौंको महाराजगञ्जमा  पूर्व युवराज पारस शाहका समर्थकले प्रदर्शन गरेका छन् । शुक्रबार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाईकल हाँकेका शाहलाई प्रहरीले रोकेर हेलमेट लगाउन आग्रह गरेको विषयलाई लिएर उनका समर्थकले प्रदर्शन गरेका हुन् ।

पूर्व युवराजलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै युवाहरुले प्रहरीको बिरुद्धमा नाराबाजी गरेका थिए । नारायणगोपाल चोकमा एउटा समूहले प्रदर्शन गरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी प्रमेश विष्टले बताए । ‘प्रदर्शन भएको थियो’ डिएसपी विष्टले भने–‘अहिले स्थिति नियन्त्रणमा आइसकेको छ ।’

शुक्रबार साँझ हेलमेट नलगाई मोटरसाइकल हाँकेका शाहलाई प्रहरीले रोकेपछि ट्राफिक प्रहरी र उनको बीचमा हातपात भएको भिडियो सार्वजनिक भएको छ ।  महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेट बिना उनलाई अगाडि बढ्न नदिएपछि उनका सहयोगीले हेलमेट ल्याएका थिए । हेलमेट ल्याएपछि प्रहरीले उनलाई छाडेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP