मंगलबार , अषोज २७, २०८३

मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी जिल्ला समिति चितवनले माडीमा जग्गा कब्जा गरेको छ ।

माडी नगरपालिका–२ पौहारी गाउँमा ट्वान्टीवान ग्रुप प्रपर्टी प्रा.लि.ले प्लटिङ गरेको विघौं–विघा जमिनमा झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको हो ।

जनताको जमिन भूमाफियाहरूले कौडीको भाउमा किन्ने र करोडौंमा विक्रि गर्ने दलाल प्रवृत्ति मौलाएको भन्दै त्यो हुन नदिने उनीहरूको भनाइ थियो ।

पार्टीका केन्द्रीय सदस्य घननाथ सापकोटा विकास र जिल्ला सेक्रेटरी अशोक शर्मासँगै चितवन जिल्लास्तरका नेताकार्यकर्ताहरूको सहभागितामा जग्गा कब्जा गरेको घोषणा गरिएको थियो ।

सम्पूर्ण भूमि राष्ट्रियकरण गर, जमिन माथिको खण्डीकरण वन्द गर, भूमाफियाहरुलाई कारवाही गर लगायतका नारा लेखिएको ब्यानर सहित पार्टीको झण्डा गाडिएको हो ।

यसैबीच, व्यक्तिको निजी जग्गा कसैले अनधिकृत रूपमा कब्जा गर्न नपाइने भन्दै इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले झण्डा र ब्यानर हटाइदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP