मंगलबार , अषोज २७, २०८३
दार्चुलाको ब्यास गाउँपालिका २ को मालघाटमा महाकाली नदीमाथि तुइन तरेर भारत तर्फ जाने क्रममा एसएसबीले तुइन काटी दिएको विभिन्न सञ्चारमाध्यमका आएको समाचारप्रति जिल्ला प्रशासन कार्यालय दार्चुलाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज एक विज्ञप्ति जारी गर्दै यस प्रकरणमा विभिन्न सञ्चारमाध्यममा आएका समाचाहरु प्रति कार्यालयको ध्यानाकर्षण भएको जनाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले जारी गरेको विज्ञप्तिमा सत्य तथ्य पुष्टि नभइसकेको अवस्थामा दुई देश बीचको सम्बन्धमा खलल पार्ने कुनै पनि किसिमका समाचार प्रकाशित नगरिदिनुहुन अनुरोध गरिएको छ ।

‘उक्त घटनाका सम्बन्धमा वास्तविक सत्य तथ्य जानकारी गराई आवश्यक कारवाही प्रकृया अगाडि बढाउनु हुन भनि भारतीय समकक्षीलाई पत्राचार समेत गरिसकिएको र सो घटना अनुसन्धानरछानविनको क्रममा नै रहेकोले सत्य तथ्य पुष्टी नभईसकेको अवस्थामा दुई देश बीचको सम्बन्धमा खलल पर्ने किसिमका कुनैपनि तथ्यहिन भ्रामक सूचनारसमाचार प्रकाशन नगरिदिनुहुन अनुरोध छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

साथै यस घटनाबारे सत्यतथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुला, जिल्ला प्रहरी कार्यालय, दार्चुला र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय दार्चुलाबाट टोली खटिएको पनि जानकारी गराइएको छ ।

हालसम्म कुनै औपचारिक जानकारी प्राप्त नभएको हुनाले अनुसन्धान पश्चात घटनाको सत्य तथ्य जानकारी गराइने सहायक प्रजिअ जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP