मंगलबार , बैसाख २९, २०८३

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले आफू विचारमा अडिग योद्धा रहेको भन्दै मैदान छोडेर भाग्‍ने कुरा नहुने बताएका छन् । शनिबार काठमाडौंमा अखिल फोर्सको बृहत भेलालाई सम्वोधन गर्दै नेपालले आफू विचारमा अडिग योद्धा रहेको बताए । उनले कार्यकर्तालाई पनि त्यस्तै बन्‍न सुझाव दिँदै नेपालले आफूहरू मैदान छोडेर नभाग्ने बताए ।

उनले निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने उल्लेख गरे । नेता नेपालले आफूलाई विचारहीन र सिद्धान्तहिन व्यक्तिहरूको भीड तयार गर्न नचाहेको जिकिर गरे । नेपालले संविधानलाई कुल्चिने काम गर्नेविरुद्ध आफूहरू चुप लागेर नबस्‍ने बताए ।

सर्वोच्च अदालतले गलत काम सच्चाएको स्मरण गर्दै उनले कसैले जालझेल गरेर फेरि प्रधानमन्त्री बन्छु भनेर नलागे हुने टिप्पणी गरे । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले अहंकारले मान्छेलाई पतनको बाटो डोहोर्‍याउने बताए । उनले अब नेपालमा राजतन्त्र फर्काउने दिवास्वप्त नदेख्‍न चेतावनी दिए ।

कार्यक्रममा नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष ओलीले पद त्याग नगरेसम्म एमाले एकता हुन नसक्ने बताइन् । भेलाअघि अखिल फोर्सले काठमाडौंमा बृहत मोटरसाइकल र्‍याली निकालेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP