सोमबार , चैत्र २४, २०८१

नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यहरुको १ लाख बरारबरको दुर्घटना बिमा गर्ने निर्णय गरेको छ । महासंघको शुक्रबार बसेको बैठकले पत्रकार महासंघ रुपन्देहीका साधरण सदस्यहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । यसअघि नेपाल सरकारको परिचयपत्रका आधारमा हुने विमामा अधिकांश सदस्य छुटेकाले पत्रकार सुरक्षालाई मध्यनजर गरि दुर्घटना विमा गर्ने निर्णय गरेको महासंघले जनाएको छ ।

अध्यक्ष रामराज पोखरेलको अध्यक्षतामा बसेको बैठकले महासंघको कामलाई चुस्त र व्यवस्थित बनाउन विभिन्न उपसमिति समेत गठन गरेको छ । उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा भौतिक पूर्वाधार उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा मोती न्यौपाने, पुनहरी बेल्बासे र नविन घिमिरे सदस्य छन । यसैगरि अर्का उपाध्यक्ष अमृता अनमोलको संयोजकत्वमा प्रकाशन उपसमिति गठन भएको छ । सदस्यहरुमा प्रकाश पाण्डे, प्रदीप आचार्य र सलमान खाँन सदस्य छन ।

यसैगरि सचिव विनोद परियारको संयोजकत्वमा तालिम तथा अन्तरक्रिया उपसमिति गठन भएको छ । सदस्यहरुमा राधेश्याम विश्वकर्मा, राज चौधरी र कमला पाण्डे छन । यसैगरि कोषाध्यक्ष सञ्जय सौगातको संयोजकत्वमा पुरस्कार व्यवस्थापन उपसमिति गठन भएको छ । सदस्यहरुमा शंकर पाण्डे, प्रकाश आचार्य र टंक सुनार रहेका छन ।
यस्तै सहसचिव विरेन्द्र कुँवरको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप उपसमिति बनाइएको छ । जसको सदस्यहरुमा कपिल अधिकारी, सलमान खाँन र नविन घिमिरे छन । यसैगरि अर्का सहसचिव माया केसीको संयोजकत्वमा लैंगिक तथा समावेशि उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा कमला पाण्डे, राधेश्याम विश्वकर्मा र मोती न्यौपाने सदस्य छन ।
बैठकले पूर्व अध्यक्ष तथा अग्रजहरुसँग रायसुझाव संकलन गर्ने गरि कार्यक्रम गर्ने निर्णय गरको छ । यसैगरि कोरोना महामारीका बेलामा स्वास्थ्य सामाग्री तथा कोरोना आपतकालिन कोषमा सहयोग गर्ने तथा प्रदेश र स्थानीय सरकारलाई महासंघको संस्थागत र पत्रकार क्षमता अभिबृद्धिका लागि बजेट छुटाइएकोमा धन्यवाद दिने निर्णय गरेको सचिव विनोद परियारले जानकारी दिए ।

रुपन्देहीका सञ्चारगृह र कार्यरत सञ्चारकर्मीहरुको तथ्यांक संकलन गर्ने एंव संस्थाको बेवसाईड निर्माण गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP