मंगलबार , अषोज २७, २०८३

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा एक नेपाली महाकालीमा खसेर बेपत्ता भएका छन् ।

शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीहरुले बताएअनुसार तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको छेउमा नपुर्‍ग्दै एसएसबीले फलामे डोरी निकालिदिएका थिए ।

‘धामीसँगै गएका तीन जना तुर्‍इन तरेर पारि पुगिसकेका रहेछन्,’ ब्यास गाउँपालिका–२ का वडाध्यक्ष वीरेन्द्रसिंह बुर्‍ढाथोकीले भने, ‘उनीहरुकाअनुसार धामी नदीको छेउमा नपुर्‍ग्दै एसएसबीले फलामे डोरी निकालिदिएका रहेछन् ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले एसएबसीले डोरी निकालेपछि धामी नदीमा खसेको गुनासो आएको बताए । ‘हामीकहाँ पनि एसएसबीले तुर्‍इनको डोरी निकाल्दा धामी नदीमा खसेको गुनासो आएको छ,’ प्रहरी निरीक्षक चन्दले भने, ‘प्रत्यक्षदर्शीसँग सम्पर्क गर्ने कोशिश भइरहेको छ ।’

धामीका परिवारले जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र बुर्‍झाउँदै घटनामा भारतीय एसएबसीको संलग्नताबारे छानबिन गर्न माग गरेको छ ।

प्रशासनले भारतलाई पठायो पत्र

यसैबीच जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाउँदै छानबिन गरेर सहयोग गरिदिन आग्रह गरेको छ ।

पिथौरागढ डीएम कार्यालयलाई पत्रचार गरिएको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले बताइन् । ‘भारततर्फ पुर्‍ग्ने क्रममा एसएसबीले तुर्‍इनको डोरी खोल्न खोजेपछि पानीले धामीलाई बगाएको भन्ने कुरा आएको छ,’ भट्टले भनिन्, ‘वास्तविक कुर्‍रा खुलेको छैन । हामीले घटनाको छानबिनका लागि पिथौरागढ डीएम कार्यालयलाई पत्राचार गरेका छौं । घटनाबारे सत्यतथ्य जानकारी गराएर कारबाही अगाडि बढाइदिन पनि आग्रह गरेका छौं ।’

अहिलेसम्म भारतीय पक्षबाट कुनै प्रतिक्रिया प्राप्त हुन नसकेको भट्टले बताइन् । तुर्‍इनबाट खसेर बेपत्ता भएका धामीको खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP