सोमबार , चैत्र २४, २०८१

नेपाली सेनाले काठमाडौं तराई मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) को १६ प्रतिशत काम सकिएको जनाएको छ।

नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा फास्ट ट्रयाकका आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले  कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा १६.१० प्रतिशत प्रगति हासिल भएको बताए।

उनले आयोजनाको स्वीकृत डिपिआर अनुसार १७५ अर्ब लागत अनुमान रहेकोमा आयोजनाको सुरूबाट हालसम्म कुल बजेट खर्च २५ अर्ब ३९ करोड रूपैयाँ भएको उनले बताए।

फास्ट ट्रयाक सडकखण्ड आयोजनाको कूल लम्बाइ ७२.५ कि.मी. मध्ये ३ वटा सुरूङ मार्गको जम्मा लम्बाइ ६.४१ कि.मी., विभिन्न पुलको लम्बाइ १०.५९ कि.मी. र खुद सडक खण्डको लम्बाइ ५५.५ कि.मी. रहेको जानकारी दिँदै आयोजना प्रमुख पोखरेलले यसमध्ये आयोजनाको ४४.१ कि.मि. सडक खण्डको सब ग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने\पुर्ने कार्यहरू हालसम्म ९० प्रतिशत सम्पन्न भएको बताए।

आयोजनाको डिजाइन तथा कन्ट्रक्सन सुपरिभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता आयोजना अवधिभरका लागि छनौट भई विषय विज्ञहरूसहितको टोलीले फिल्ड सर्वे लगायतका कार्य सुचारु गर्न विभिन्न ठेक्का प्याकेजको टेन्डर डकुमेन्ट तयार गर्ने काम भइरहेको उनले जानकारी दिए।

आयोजनामा पर्ने ३ सुरूङ मार्ग महादेवटार, धेद्रे र लेनडाँडा सुरूङ खण्डमा प्रोजेक्ट म्यानेजर, विषय विज्ञहरूको डिजाइन टिम लगायतका समूहले कार्य प्रारम्भ गरेको पोखरेलको भनाइ छ।

पुल निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको समेत उनले बताए।

उनले पहुँच मार्ग एवं बेलिब्रिज निर्माण कार्य पनि भइरहेको बताए।

नेपाली सेनाले आयोजनाको आवश्यकता अनुरूप ५ हजार १ सय ७२ रोपनी जग्गा अधिग्रहणको लागि सूचना प्रकाशित गरिएकोमा ४ हजार ७ सय ४५ रोपनी जग्गा प्राप्ति भएको र हालसम्म ४२७ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी रहेको जनाएको छ।

खोकना बुङ्मती क्षेत्र समेतको स्थानीय विवादको कारण बाँकी जग्गा प्राप्तिमा बाधा परेकाले निर्माण कार्य समेत प्रभावित भएको नेपाली सेनाको भनाइ छ।

आयोजनास्थलमा १ हजार १३ वटा रूख कटान गरिएको रूख कटानको बदलामा चरणबद्ध रूपमा वृक्षारोपण कार्य पनि भइरहेको आयोजना प्रमुख पोखरेलले बताए।

उनले चालु आ.व. ०७८\७९ को लागि ८ अर्ब ९३ करोड १० लाख रूपैयाँ विनियोजन भई वार्षिक कार्यक्रम तय भएको पनि उल्लेख गरे।

चालु आवमा प्राथमिकताको आधारमा सडक तथा पुल खण्डसम्बन्धी बाँकी प्याकेजहरूको ठेक्का व्यवस्थापन गरी काम गर्ने योजना रहेको उनले आयोजना प्रमुख पोखरेलले स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP