मंगलबार , असार २३, २०८३

सरकारले चैत मसान्तसम्म सम्पूर्ण नेपालीहरुको पहुँचमा कोभिड-१९ विरुद्धको खोप पुग्ने दावी गरेको छ। शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभिन्न माध्यमबाट खोप प्राप्त हुने क्रम जारी रहेकोले चैत मसान्तसम्म सम्पूर्ण नेपालीहरुको पहुँचमा खोप पुग्ने बताएको हो।

स्वास्थ्य मन्त्रालयले थप खोपको लागि चीनको साइनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढिसकेको जानकारी दिएको छ। साथै, कोभ्याक्स सुविधाबाट जापान सरकारले अनुदानमा उपलब्ध गराउने १६ लाख डोज र भारतबाट खरिदको बाँकि १० लाख डोज प्राप्त हुँदा असोज मसान्तभित्र कुल १ करोड ८३ लाख ८२ हजार ८५० डोज प्राप्त हुने आँकलन गरी कोभिड-१९ विरुद्धको खोप कार्यक्रमको विस्तार हुने मन्त्रालयको भनाइ छ।

प्रवक्ता डा कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख डोज र १२ वर्ष माथिका बालबालिकालाई ६० लाख डोज फाइजर खोपका लागि पनि सकारात्मक रुपमा कार्य अगाडि बढिरहेको अवस्था छ। गाभी कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसंख्याको लागि प्राप्त हुने १ करोड १३ लाख डोज पनि क्रमशः प्राप्त हुँदै जादा चैत मसान्तसम्म खोप सम्पूर्ण नेपालीहरुको पहुँचमा पुग्नेछ।’

मन्त्रालयले हालसम्म भारत सरकारको अनुदानबाट प्राप्त १० लाख र नेपाली सेनालाई प्राप्त १ लाख, भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख तथा गाभी कोभ्याक्सबाट प्राप्त ३ लाख ४८ हजार डोज गरी कुल २४ लाख ४८ हजार कोभिशिल्ड खोप प्राप्त भएको जानकारी दिएको छ।

यसैगरी, चीनबाट २ पटक अनुदानमा प्राप्त १८ लाख डोज तथा नेपाल सरकारबाट चीनको साइनोफार्म कम्पनीसँग गरिएको खोप खरिदको सम्झौता अनुसार २०७८ आषाढ २४, श्रावण ७, ८, १० र १५ गते प्राप्त ४० लाख डोज गरी कुल ५८ लाख डोज भेरोसेल खोप आपूर्ति भएको बताइएको छ।

त्यस्तै, अमेरिकाबाट अनुदानमा प्राप्त जे एण्ड जे १५ लाख ३४ हजार ८५० डोज सहित हालसम्म जम्मा ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भई कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन भइरहेको मन्त्रालयले बताएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP