सोमबार , चैत्र २४, २०८१

मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीका परिवार र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन हुन सकेको छैन।

शुक्रबार अस्मिताको न्यायका लागि गठित संघर्ष समितिले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी सहमति कार्यान्वयन नभएको जनाएको हो।

नगरपालिकाले ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार राहत दिने निर्णय भएको थियो। तर, हालसम्म नगरपालिकाले राहतस्वरूप दिनुपर्ने रकम नदिएको संघर्ष समितिका संयोजक धनबहादुर बोहराले जानकारी दिए।

अस्मिताको शव बुझ्नुभन्दा अगाडि उनका आफन्त र नगरपालिकाबीच सहमति भएको थियो। तर, सहमति कार्यान्वयनमा भने नगरपालिकाले चासो नदिएको बोहराको आरोप छ।

नगरप्रमुख भीमबहादुर साउँदले उतिबेला सहमति चाँडै कार्यान्वयन हुने र शव बुझ्न आग्रह गरेका थिए। नगरप्रमुख साउँदको आग्रह र कार्यपालिकाको बैठकले राहत दिने निर्णय गरेपछि आफन्तले शव बुझेका थिए।

जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम ‘अस्मिता’ आधारभूत स्वास्थ्य केन्द्र राखिनुपर्ने, उनका आफन्तलाई स्वास्थ्य केन्द्रमा रोजगारीको व्यवस्था हुनुपगर्नेलगायत माग राखेका थिए। डेढ महिना हुँदासम्म यी माग पनि नगरपालिकाले सम्बोधन नगरेको संयोजक बोहराले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP