मंगलबार , बैसाख २९, २०८३

मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीका परिवार र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन हुन सकेको छैन।

शुक्रबार अस्मिताको न्यायका लागि गठित संघर्ष समितिले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी सहमति कार्यान्वयन नभएको जनाएको हो।

नगरपालिकाले ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार राहत दिने निर्णय भएको थियो। तर, हालसम्म नगरपालिकाले राहतस्वरूप दिनुपर्ने रकम नदिएको संघर्ष समितिका संयोजक धनबहादुर बोहराले जानकारी दिए।

अस्मिताको शव बुझ्नुभन्दा अगाडि उनका आफन्त र नगरपालिकाबीच सहमति भएको थियो। तर, सहमति कार्यान्वयनमा भने नगरपालिकाले चासो नदिएको बोहराको आरोप छ।

नगरप्रमुख भीमबहादुर साउँदले उतिबेला सहमति चाँडै कार्यान्वयन हुने र शव बुझ्न आग्रह गरेका थिए। नगरप्रमुख साउँदको आग्रह र कार्यपालिकाको बैठकले राहत दिने निर्णय गरेपछि आफन्तले शव बुझेका थिए।

जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम ‘अस्मिता’ आधारभूत स्वास्थ्य केन्द्र राखिनुपर्ने, उनका आफन्तलाई स्वास्थ्य केन्द्रमा रोजगारीको व्यवस्था हुनुपगर्नेलगायत माग राखेका थिए। डेढ महिना हुँदासम्म यी माग पनि नगरपालिकाले सम्बोधन नगरेको संयोजक बोहराले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP