मंगलबार , अषोज २७, २०८३

लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनको पद बहाली कार्यक्रमलाई प्रदेश सरकारका प्रतिनिधिले बहिष्कार गरेका छन् ।

शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पदबहाली गरेका शेरचनलाई प्रदेश सरकारका तर्फबाट स्वागतसमेत गरिएन ।

प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गर्दा माओवादी केन्द्रसहित विभिन्न दलका कार्यकर्ताको लर्को थियो । तर सो कार्यक्रममा मुख्यमन्त्री र प्रदेशका मन्त्रीहरु भने उपस्थित थिएनन् ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्रीसहित मन्त्रीहरु सरकारको कामको समीक्षामा तीन दिनदेखि व्यस्त रहेकाले प्रदेश प्रमुखको स्वागतमा जान नपाएको बताए ।

उनले भने, ‘प्रदेश प्रमुखको स्वागतमा जानुपर्ने त हो तर सरकारको कामको समीक्षा चलिरहेका कारण जान पाइएन ।’

उल्लेखनीय छ, यसअघि पदमुक्त भएका प्रदेश प्रमुख धर्मनाथ यादवलाई भने प्रदेश सरकारका तर्फबाट बिदाइ गरिएको थियो । तर नवनियुक्त प्रदेश प्रमुखलाई स्वागत गर्न प्रदेश सरकारले बेवास्ता गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP