शनिबार , जेठ ३२, २०८२

संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१ साउनदेखि हुने कक्षा १२ परीक्षामा सहभागी विद्यार्थीलाई खोप उपलब्ध गराउन निर्देशन दिएको हो ।

समितिले छुट्टै कोठामा परीक्षा लिने र दिन नसक्ने संक्रमितका लागि पछि छुट्टै परीक्षा दिने व्यवस्था गर्न पनि सुझाव दिएको छ । परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्नसमेत सरकारलाई निर्देशन दिइएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले कोरोना संक्रमण ध्यानमा राखेर सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड अपनाउन र स्वास्थ्यकर्मी राख्न निर्देशन दिइएको बताइन् ।

राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव दुर्गा अर्यालले कोरोना संक्रमण जोखिम ख्याल गरेर यसपटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको जनाए । बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको हो । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिइसकेको छ ।

बोर्डले परीक्षा लिन सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गर्ने काम गरिरहेको छ । कक्षा १२ मा झन्डै पौने ४ लाख विद्यार्थी छन् । गत जेठमा तय परीक्षा कोभिड संक्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP