मंगलबार , बैसाख २९, २०८३

कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण मतदाताका रूपमा रहने क्रियाशील सदस्यता विषयमा छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभर १ सय २१ वडाको सदस्यता स्थगित गरिएको छ ।

यी वडाबाट आएका पुराना सदस्यतामात्र सदर गरी समितिले नयाँलाई १४औं महाधिवेशनपछि प्रक्रिया पु¥याएर कायम गर्नेगरी स्थगित गरेको हो । कांग्रेस क्रियाशील सदस्यता छानबिन समिति सदस्य तथा प्रवक्ता प्रदीप पौडेलले सयभन्दा बढी वडामा स्थगित गरिएको र ती सदस्यताको हकमा १४औं महाधिवेशनपछि निर्णय हुने जानकारी दिए ।

प्रतिवेदनअनुसार सुनसरी क्षेत्र ४ अन्तर्गत भोक्राहा गाउँपालिकाका ८ वटा वडाको सदस्यता स्थगित गरिएको छ । कोशी गाउँपालिका १, बराह क्षेत्र नगरपालिका ११ को पनि सदस्यता स्थगित गरिएको छ ।

यसैगरी महोत्तरी मनहरा सिसुवा नगरपालिका ८ र १०, सर्लाही बहरथहवा नगरपालिका ११, रौतहट देवाही गोनाही नगरपालिका ६, माधवनारायण नगरपालिका १,२ र ३, दुर्गा भगवती गाउँपालिका ४, यमुनामाई गाउँपालिका २ र ५, राजदेशी गाउँपालिकाको सदस्यता स्थगित भएको छ ।

त्यस्तै, पर्सा क्षेत्र ३ का सबै वडाको सदस्यता स्थगित गरिएको छ भने वीरगन्ज महानगरपालिकाका २२, २७, २९ र ३१ वडा, बहुदरमाई नगरपालिका वडा २ र ६, पसौगढी नगरपालिका ५, ६ र ७ को सदस्यता स्थगित गरिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, काभ्रे पाँचखाल नगरपालिका १२, ललितपुर ललितपुर महानगरपालि २८, महांकाल गाउँपालिका १, महालक्ष्मी नगरपालिका ६, काठमाडौं टोखा नगरपालिका ८, १० र ११, नागार्जुनको २, ३ र ६, तारकेश्वरको ३ र ६, कीर्तिपुर नगरपालिकाको २, दक्षिणकाली २, गोकर्णेश्वर १, २, ३, ४ वडाको पनि सदस्यता विवाद भएपछि स्थगित गरिएको छ ।

यसैगरी, धादिङ रुवीभ्याली गाउँपालिकाको ६ वटै वडा, चितवन रत्ननगर नगरपालिका ७, गुल्मी मुसीकोट नगरपालिका ५, कपिलवस्तु मायादेवी गाउँपालिका ३, कैलालीको क्षेत्र २ को जानकी गाउँपालिका वडा २, ५, ८ र ९ बाहेक २२ वटै वडा सदस्यता स्थगित गरिएको छ ।

उता, डोल्पा नयाँतर्फका सबै सदस्यता स्थगित गरिएको छ भने अछाम कमलबजार नगरपालिका ७ पञ्चदेवल विनायक नगरपालिका १, २, ४ डडेलधुरा नवदुर्गा गाउँपालिका ३ र अमरगढी नगरपालिका ५ को सदस्यता विवाद भएपछि स्थगित छ ।

यसैगरी, १३औं महाधिवेशन छानबिन समितिबाट सोलुखुम्बुको ५१५ र बाराको १६६ फाराम पनि यसपटकसमेत सहमति कायम हुन नसकेपछि पार्टी नेतृत्वसमक्ष पठाइएको छ । बारा र सप्तरी जिल्ला कार्यसमिति क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएकाले पूरै जिल्ला भरका क्रियाशिल सदस्यता प्रतिवेदनमा राखिएको छैन ।

पार्टी समायोजनका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । बाँकी विवाद पदाधिकारीबाटै मिलाउने प्रयास हुनेछ ।

त्रुटि हेर्दै समिति छानबिन समितिले मंगलबार पार्टी सभापतिसहित पदाधिकारीलाई बुझाएको सदस्यता प्रतिवेदन बिहीबारको पदाधिकारी बैठकले भने पुनः त्रुटि हेर्न भन्दै समितिलाई नै जिम्मा लगाएको छ । सदस्यता विषयमा देखिएका त्रुटि २४ घण्टाभित्र समाधान गरेर पेस गर्न जिम्मा दिइएको हो ।

समिति संयोजक रमेश लेखकले मंगलबार मात्रै पार्टी पदाधिकारी बैठकमा सभापतिलाई सदस्यता प्रतिवेदन बुझाएका थिए । जसअनुसार देशभर नयाँ तथा पुराना गरी कांग्रेसका क्रियाशील सदस्यता संख्या ८ लाख ५२ हजार ७ सय ११ पुगेको छ ।

यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP