सोमबार , अषोज २६, २०८३

पर्सा प्रहरीले भारतमा बेच्न लगिएका दुई नेपाली चेलीको उद्धार गरेको छ। प्रहरीले झापाको विर्तामोड नगरपालिका-२ की १६ वर्षीया किशोरी र २० वर्षीया युवतीको उद्धार गरेको हो।

उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा भारतको बिहारस्थित मोतिहारी जिल्लाको छौडादानो शहरबाट उद्धार गरी वीरगंज ल्याइएको छ। माइती नेपालको सहयोगमा उद्धार गरिएकी ती दुई युवतीलाई हाल वीरगंजस्थित माइती नेपालकै शरणमा राखिएको छ।

वीरगंजबाट करिब ३० किलोमिटर पूर्व दक्षिणमा पर्ने छौडादानोमा भएको एक घरमा मोबाइल खोसेर उनीहरुलाई बन्धक बनाएर राखिएको थियो। भारतमा बेच्न लागेको पूर्व सूचनाको आधारमा माइती नेपालको सक्रियतामा पर्सा प्रहरीले अनुसन्धान शुरु गरेको थियो।

साउन १२ गते दुई युवतीलाई उद्धार गरी वीरगंज ल्याएपछि उनीहरुलाई भारतमा बेच्ने गिरोहका दुई जनालाई प्रहरीले हिरासतमा लिएको छ। पक्राउ पर्नेमा विर्तामोड-९ की २० वर्षीया लक्ष्मी दास र सुनसरीको इटहरी उपमहानगरपालिका-१२ की १९ वर्षीया खुश्बु विश्वकर्मा रहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी गराएका छन्।

पक्राउ परेका दुई युवतीलाई मानव बेचविखन सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिने म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP