सोमबार , अषोज २६, २०८३

रेशम चौधरी अन्ततः जनता समाजवादी पार्टी (जसपा) नेपालमा नै रहने भएका छन् । पार्टीको आधिकारिकताका लागि भएको ‘हेड काउन्ट’ मा तटस्थ बसेका चौधरीले जसपाको मूलधारमा नै रहने निर्णय गरेका हुन् ।

पार्टीको कार्यकारिणी समिति सदस्य रहेका चौधरीलाई कारवाही गर्ने वा नगर्ने बारे आज पार्टीको बैठकमा छलफल भएको थियो । छलफलका क्रममा बैठकबाट नै कारागारमा रहेका चौधरीलाई फोन गरेर कता रहने भनेर सोधिएको थियो । बैठकमा सहभागी जसपाका एक कार्यकारिणी समिति सदस्यले भने, ‘वहाँले म जसपामा नै रहेको जवाफ दिनुभयो ।’

रेशमको जवाफपछि चौधरीलाई पार्टीको कार्यकारिणी समितिमा कायम गरिएको ती सदस्यको भनाइ छ । निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको आधिकारिकता दिएपछि यादवले महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई कारवाहीको प्रक्रिया थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP