सोमबार , अषोज २६, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् ।

सहाना प्रधान स्मृति प्रतिष्ठानको कार्यालय शंखमूलमा बुधवार बसिरहेको बैठकमा सांसदहरूले सरकारमा सहभागी हुन दबाब दिएको एक सांसदले जानकारी दिए । बैठकमा १९ सांसद सहभागी छन् ।

सांसद एवं केन्द्रीय सदस्य मेटमणि चौधरीले आफैंले बनाएको सरकारलाई असफल हुन नदिन सरकारमा जानुपर्ने धारणा आएको जानकारी दिए । चौधरीले संसदीय दलमा बहुमत जुटाउने दाबी पनि गरे ।

चौधरीलगायत देउवालाई विश्वासको मत दिएका सांसदहरूले सरकारमा सहभागी हुने निर्णय गर्न नेता नेपाललाई दबाब दिएका छन् । नेता नेपालले भने सांसदहरूको कुरा सुनिरहेका छन् । आजको बैठकमा नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू भने उपस्थित छैनन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सर्वदलीय बैठकमा माधव नेपाल पक्षका नेता डा. विजय पौडेलले सरकारमा सहभागी नहुने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP