सोमबार , अषोज २६, २०८३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदार र अध्ययनका लागि जाने विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन दुई वटा अस्पताल तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारमा जाने  कामदार र विद्यार्थीहरुले प्रहरी अस्पताल महाराजगञ्ज र सैनिक अस्पताल छाउनीमा खोप लगाउन सक्ने जनाएको छ ।

खोप लगाउनु अघि पासपोर्ट, श्रम स्वीकृति र भिसा अनिवार्य रुपमा देखाउनुपर्ने मन्त्रालयले स्पष्ट गरेको छ । कोरोना भाइरसविरुद्ध आफ्ना नागरिकलाई खोप दिएका देशहरुले बाहिरी मुलुकहरुबाट आफ्नो देशमा प्रवेश गर्नेहरुलाई आफ्नो देशले मान्यता दिएको कोरोनाविरुद्धको खोप अनिवार्य गरेका छन् ।

यसअघि आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच भएको छलफलमा एक महिना भित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा रहेकाहरुलाई जोन्सन एण्ड जोन्सनको खोप र एक महिनापछि वैदेशिक रोजगारीमा जानेले भेरोसेलको खोप लगाउने विषयमा सहमति गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP