शुक्रबार , जेठ ३१, २०८२

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले संसदीय दलको विधान पारित गरेको छ । पार्टी कार्यालय बालकुमारीमा बसेको जसपा कार्यकारिणी बैठकले दलको विधान पारित गर्दै दलको नेता चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

दलको नेता चयन प्रक्रियाका लागि जसपाले नेता नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशिला श्रेष्ठ रहेको समिति समेत चयन गरेको जसपा नेता डम्वर खतिवडाले जानकारी दिए । त्यस्तै बैठकले आफ्नो पार्टीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।

बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पार्टीको अनुशासन उलंघन गरेको भन्दै पदरिक्त हुने गरि प्रदेशसभा सदस्यबाट कारबाही गरेको नेता खतिवडाले जानकारी दिए ।

त्यस्तै बैठकले जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित तर अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गरेको खतिवडाले बताए ।

बैठकले निर्वाचन आयोगमा सनाखतमा सहभागी भएका ३४ सदस्य नै पार्टीको कार्यकारिणी सदस्य कायम रहने गरि पार्टीको कामकारवाही अघि बढाउने निर्णय गरेको छ ।

त्यस्तै पार्टीलाई आधिकारीता प्रदान गर्न सहयोग र साथ लिने सवैप्रति बैठक आभार प्रकट गरेको खतिवडाले बताए । जसपाको बैठक बुधबार पनि बस्दैछ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP