मंगलबार , बैसाख २९, २०८३

अमेरिकाले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन विरोधी नीतिहरुलाई निरन्तरता दिएको बेइजिङले आरोप लगाएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले जो बाइडेनको प्रशासनले ट्रम्पले नै अनुसरण गरेको ‘चीन सम्बन्धी गलत नीति’लाई निरन्तरताको दिएको आरोप लगाएका हुन्।

चीनविरुद्धको त्यस्ता नीतिहरु अमेरिकाले नसच्याए उसले ठूलो संकटको सामना गर्नुपर्ने यीले चेतावनी दिएका छन्।

अमेरिकाकी उप–विदेशमन्त्री वेन्डी सर्मेनसँगको भेटका क्रममा यीले अमेरिकाकै कारण दुई देशबीचको सम्बन्ध बिग्रिएको र उसैले सम्बन्ध थप नबिगार्न कदम चाल्नुपर्ने बताए।

‘नयाँ अमेरिकी सरकारले अघिल्लो प्रशासनको चरम र चीनविरुद्धका गलत नीतिहरूलाई निरन्तरता दिएको छ, जसले बारम्बार चीनको मूल्य मान्यतालाई चुनौती दिन्छ र दमनलाई तिव्र पार्छ। चीनले दृढतापूर्वक यसको विरोध गर्दछ’ यीको भनाइ उदृत गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ।

चीन र अमेरिकाबीचको सम्बन्ध व्यवस्थापन गर्न असफल भएको खण्डमा त्यसले ‘ठूलो विपत’ निम्त्याउने उनको चिन्ता छ।

व्यावहारिक चीन नीतिमा फर्किनुको लागि अमेरिकाले चीनविरुद्धको चिन्तन सुधार्नुपर्नेमा पनि यीले जोड दिएका छन्। चिनियाँ शासनको मोडेललाई चुनौती दिनु एक अर्ब ४० करोड चिनियाँको भाग्यमाथि प्रहार हुनु सरह रहेको यीको बुझाई छ।

TOLOnews on Twitter: "China's Foreign Minister Wang Yi said #Afghanistan is  at a critical moment, there are both potential dawn for peace and build-up  of risks and challenges. "Pursuing peace requires more

(चिनियाँ विदेशमन्त्री वाङ यी)

विदेशमन्त्री यीले अमेरिकासँग तीनवटा मुख्य माग राखेका छन्। यी माग पुरा भएमा चीन र अमेरिकाबीचको सम्बन्ध सुमधुर हुने बताइएको छ।

यीका अनुसार पहिला अमेरिकाले सिनजियाङ मानवअधिकारको विषयमा चीनमाथि लगाएको प्रतिबन्ध हटाउनुपर्छ, दोस्रो हङकङको स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु हुँदैन र तेस्रो चीनको प्राविधिक विकासको विरुद्धमा प्रतिबन्धात्मक नियम रोक्नुपर्छ।

उनका अनुसार सिनजियाङ, तिब्बत र हङकङमा चीनले लिएको नीति मानवअधिकारको विषय होइन् यो अलगाववादीविरुद्ध चालिएको उपायहरु हुन्।

सार्वभौमिकताको विषयमा ताइवानको मुद्दा पनि महत्वपूर्ण भएको उनको भनाइ छ।

उनी भन्छन्,‘यदी ताइवान अलग्याउन चाहने शक्तिहरुबाट उत्तेजक गतिविधि भयो भने त्यसलाई रोक्ने उपाय अवलम्ब गर्ने अधिकार चीनसँग छ। हामी अमेरिकालाई ताइवानको मुद्दामा गरिएको प्रतिज्ञाहरू पालन गर्न र होसियारीसाथ कदम चाल्न आग्रह गर्दछौं।’

उनले चीनले आफैंलाई विकास गर्न चाहेको र अमेरिकालाई कुनै हालतमा चुनौती दिन नखोजेको स्पष्ट पारे।

‘चीनको विकास अमेरिकाको लागि चुनौती होइन र चीन विकास हुँदैमा अमेरिका प्रतिस्थापन हुँदैन। हामी अमेरिकाको जित र हारको लागि बाजी लगाउन इच्छुक छैनौं र चीनको विकास अमेरिकाको पतनले निर्धारण गर्दैन’ उनले भनेका छन्,‘हामी आफ्ना विचारधारा र विकासका मोडेलहरू कहिले पनि अरू देशहरूमा निर्यात गर्दैनौं। सबै देशहरूले स्वतन्त्र रूपमा विकासको मार्गहरू अन्वेषण गर्नुपर्दछ जुन उनीहरूको राष्ट्रिय अवस्था अनुकूल छ।’  एससीएमपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP